Logo

बिर्तामोडमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु



झापा, ३० असार । बिर्तामोडमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आईतबार राति ८ बजे बिर्तामोड नगरपालिका-१० पथरभिट्टाका ५३ वर्षीय पुष्प पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो ।

घाइते पोखरेललाई उपचारको लागि उनका छिमेकी भवानी घिमिरेले बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका छन् । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको छ । मृतक घरमा एक्लै बस्ने गरेका थिए । उनको परिवार पाँचथरमा बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्