Logo

बिर्तामोडमा युवकको शव फेला



झापा, १० भदौ । बिर्तामोडस्थित मुक्ति चौक नजिकै एक युवाको शव फेला परेको छ ।

मुक्तिचोक नजिकै रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ढलभित्र मृत अवस्थामा भेटिएका युवकको पहिचान खेलेको छैन । शव फेला परेको ठाउँमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्