Logo

बिर्तामोडमा लागूऔषधसहित तीन जना पक्राउ



झापा, १८ पुष । झापाको बिर्तामोड नगरपालिका–४ स्थित १ किलोमिटर क्षेत्र आसपासमा सञ्चालन गरिएको संयुक्त प्रहरी अभियानबाट तीन जना युवक पक्राउ परेका छन्।

बिहीबार राति करिब ९ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ का २३ वर्षीय राजा माझी, दमक–१ का २९ वर्षीय टेकबहादुर कुमाल तथा सोही स्थानका ३३ वर्षीय हर्कबहादुर कुमाल रहेका प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसाइला पदार्थ करिब ६.१५ ग्राम, प्रतिबन्धित औषधि नाइट्रोजेपाम  ६ पत्ता गरी ९५५ ट्याब्लेट, दुईवटा स्मार्टफोन र एकवटा कीप्याड मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्