Logo

बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु



झापा, २५ फागुन । बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि विराट बहुउद्देश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।

उक्त तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गरेकी थिइन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उद्देश्यकासाथ यो तालिमको आयोजना गरीएको बताइन् ।

सो तालिममा ३० जना सहभागी रहेका तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

उक्त तालिममा कर व्यवस्थापन, खाता पोष्टीङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले बताए ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्