झापा, २५ माघ । झापाको बिर्तामोडमा सवारी साधनको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा अन्तर्गत बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बिर्तामोड ६ बस्ने बर्ष ६५ की चन्द्रकला राईको मृत्यु भएको हो ।
पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सबारी साधनको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।