Logo

बिर्तामोडमा स्कुटर दुर्घटना: पोलमा ठोक्किँदा युवकको ज्यान गयो



झापा, १७ माघ । बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। गएराति करिब साढे आठ बजेतिर प्र.१–०१–०१३ प.९१९९ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा गम्भीर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्कुटर चालक स्थानीय शुभाष मादेन दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार प्याकुरेल चौकबाट बुट्टावारीतर्फ तीव्र गतिमा गइरहेको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने देखिएको छ।

युवकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्