बिर्तामोड, ८ साउन । बिर्तामोड नगरपालिका वडा नम्वर २ र ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा नि:शुल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ ।
वि एण्ड सी हस्पिटल र औषधी व्यवसायी संघ झापाको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा ४७१ जनाले सेवा लिएको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । नाक कान घाँटी रोग विशेषज्ञ डा.शिव भुषण पण्डित, महिला रोग विशेषज्ञ डा.सलिना श्रेष्ठ, बाल रोग विशेषज्ञ डा. बिकास शर्मा पौडेल, हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. बिसाल काफ्ले र जनरल फिजिशियन डा.अबिन्द प्रसाद शाहले शिबिरमा सेवा प्रदान गरेका थिए ।
पञ्चरत्न माध्यमिक विद्यालय चैतुबारीमा भएको शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नेकपा एमाले प्रदेश १ ईन्चार्ज देवराज घिमिरे, वि एण्ड सी हस्पिटलका जनसम्पर्क प्रमुख प्रमिश गिरी, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगमबहादुर कुवंर लगायतको उपस्थिति रहेको थियो ।