झापा, १२ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा मनोनित निर्मल भट्टराईले सपथ लिनुभएको छ ।
शनिवार बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच भट्टराईले सपथ लिनुभएको हो। उहालाई संघका अध्यक्ष राजु न्यौपानेले पद तथा गोपनियताको सपथ गराएउनुभएको हो।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको थियो । गत बिहीबार बसेको संघको कार्यसमिति बैठकले अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्ययक्ष समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरेको हो ।
त्यस्तै संघको चार्टर्ड एकाउण्टेन्स्का रुपमा एञ्जिला मैनालीलाई नियुक्त गरिएको छ ।
कार्यक्रममा नव नियुक्त विशिष्ठ सदस्य भट्टराईले संघको विधान अनुसार व्यवसायीको पक्षमा भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको थियो भने मैनालीले व्यवसायीलाई करका विषयमा आवश्यक परामर्श दिने र समस्या देखिए सुल्झाउन सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गर्नुभएको थियो।






