Logo

बिर्तामोड उद्योग वाणिज्य संघको ४४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



झापा, १९ मंसिर । बिर्तामोड उद्योग वाणिज्य संघको ४४औँ वार्षिकोत्सव तथा स्थापना दिवस मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवातमा विशिष्ट सदस्य निर्मल भट्टराइले स्वागत मन्तव्य राख्दै संघको यात्रा, विकास र उपलब्धिको बारेमा प्रकाश पारिदिनुभएको थियो।

संघका अध्यक्ष न्यौपानेज्यूले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको बताउँदै, २०३८ सालमा स्व। मन्तुराम जलानज्यूको अध्यक्षतामा स्थापना भएको संघलाई आजको स्तरमा पुर्‍याउन योगदान पु¥याउनु भएका पूर्व अध्यक्षहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष स्व। मन्तुराम जलान (मरणोपरान्त) सहित पूर्व अध्यक्षहरू — चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार तापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराइ तथा बलराम कार्कीलाई सम्मान गरिएको थियो। स्व। जलानज्यूको सम्मानपत्र छोरा सजनकुमार जलानज्यूले ग्रहण गर्नुभएको थियो।

साथै, ‘द भ्वाइस किड्स सिजन ४’का फर्स्ट रनरअप स्मयन बजगाईज्यू तथा ‘सारेगमप लिटल च्याम्स सिजन २’का सेकेन्ड रनरअप संस्कार सापकोटाज्यूलाई समेत सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, संघका पूर्व अध्यक्षहरू तथा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रममा सम्मानित कलाकार स्मयन बजगाई र संस्कार सापकोटाले मनमोहक गीत प्रस्तुति दिनुभएको थियो।

त्यसैगरी, नेवार समुदायका युवायुवतीहरूले धिमे बाजासहित अतिथिहरूलाई स्वागत गरेका थिए, जसको संयोजन नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएको थियो। उनीहरूलाई संघले प्रदान गरेको प्रशंसापत्र सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठज्यूले ग्रहण गर्नुभएको थियो।

कार्यक्रमको सफल सञ्चालन संघका महासचिव कुशल खतिवडाज्यूले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्