सरकारले बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई क्षतिपूर्ति वापत ३० लाख दिने निर्णय गरेको विषय सञ्चार माध्यममा सार्वजनिक भएपछि उनी एकाएक चर्चामा आए ।
बिर्तामोडमा एक वर्ष अघि भएको हुलदंगामा उनको घरका सिसा फुटे, गाडि तोडफोड भयो, घरायसी सामग्री नष्ट भयो भने एक बाईक जलाएर खरानी बनाइएको भएको थियो । नगरप्रमुख सिवाकोटीले सरकार समक्ष एक करोड भन्दा बढीको क्षतिपूर्ति दावी गरेपनि सरकारले ३० लाख दिने निर्णय गरेको हो ।
बिमा कम्पनीबाट सुबिदा लिएका नगरप्रमुखले सरकारबाट पनि लिन लागे भन्दै संचार समाध्यममा समाचार आएपछि नगरप्रमुख सिवाकोटी आलोचित बनेका हुन् । सामाजीक सञ्जालबाट तिव्र आलोचना भएपछि नगरप्रमुख सिवाकोटीले सरकारले दिने भनेको ३० लाख नलिने घोषणा गरे । ३० लाख प्रकरण के हो ? र, नगरका बिकास निर्माणको अवस्थाका बारेमा सहकर्मी राजु पाठकले गरेको कुराकानीः
राज्यबाट क्षतिपूर्ति लिने कुराले तपाईं विवादमा पर्नुभयो नि ?
२०७४ कात्तिक १० गते मेरो घरमा तोडफोड भयो । त्यो बेला कति क्षति भएको थियो भन्ने कुरा तपाईंहरुले पनि देख्नु भएको छ । तोडफोडपछि गृहमन्त्रालयबाट उपसचिवको नेतृत्वमा अनुगमन टोली आएको थियो । उक्त टोलीले अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझायो । प्रशासन कार्यालयले उक्त प्रतिवेदन मन्त्रालयमा बुझाएपछि मन्त्री परिषद्को निर्णयले गत बैशाखमा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेछ । म सरकारको त्यो निर्णयको सम्मान गर्न चाहन्छु ।
राज्यले नागरिकप्रति गनेर् कर्तव्य र दायित्व सरकारले पूरा गरेको छ । तर, म क्षतिपूर्ति लिने पक्षमा थिइनँ । बैशाखमा मन्त्री परिषद्ले निर्णय गरेपछि पनि म दुई÷तीन पटक काठमाडौँ गइसकेँ, मैले त्यो विषयमा ध्यान दिएको छैन । निर्णय भएको तीन महिनासम्म चासो नदेखाउँदा पनि प्रष्ट हुन्छ । म क्षतिपूर्ति लिने पक्षमा थिइन भन्ने कुरा ।
मलाई लिखित जानकारी आइनसकेका कारण मैले त्यसलाई इन्कार गर्न सकेको थिइनँ । लिखित जानकारी आएपछि आफ्नो निर्णय सार्वजनिक गनेर् सोचमा थिएँ । मैले अहिलेसम्म नगरपालिकाबाट पाउने तलब–भत्ता समेत लिएको छुइनँ । त्यो बाट नै प्रष्ट हुन्छ म सामाजिक प्रवृत्तिको मान्छे हुँ भन्ने कुरा ।
तर, पछिल्लो समय षड्यन्त्रको तानाबाना बुनेर मलाई गलत सावित गर्न खोज्नेहरुले प्रपोगण्डा मच्चाए । म उनीहरुलाई धन्यवाद दिन चाहन्छु । उनीहरुले बिर्तामोडका मेयरले राज्यले दिएको क्षतिपूर्ति नलिएको कुरा प्रचार गरिदिए ।
गलत प्रवृत्ति भएकाहरुले सञ्चारमाध्यमलाई प्रयोग गरेर सुनलाई पित्तल बनाउन खोजेका थिए तर हिरा भयो । मलाई सक्ने योजना बनाउनेहरु असफल भए । मैले क्षतिपूर्ति नलिएको कुरा प्रष्ट भइसकेको छ । म विवादमा परेको होइन । विवादमा पार्न खोजिएको हो । त्यो असफल भयो ।
पार्टीको दबाबमा क्षतिपूर्ति नलिएको भन्ने कुरा छ नि ?
त्यो कपोकल्पित र मनगढन्ते कुरा हो । मैले अघि नै भनिसकेँ सामाजिक प्रतिष्ठा गिराउने गलत नियतले गरेको प्रयास असफल भएपछि अकोर् प्रपोगण्डा मच्चाएका हुन् ।
म नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य हुँ । मैले आफैँ पार्टी कुरा राखेर क्षतिपूर्ति वापतको रकम नलिने निर्णय गरेको हुँ । पार्टीले विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गर्दा समेत अनेकौँ कुरा आइरहँदा यहाँ ठूलै षड्यन्त्र छ भन्ने प्रष्ट हुन्छ ।
तपाईंले आफूमाथि षड्यन्त्र भयो भनिरहँदा, षड्यन्त्र चाहिँ कहाँबाट भयो जस्तो लाग्छ ?
तथ्य नबुझी र आधार प्रमाण नजुटी अहिले नै यो विषयमा बोल्नु उचित ठान्दिनँ । यहाँ नेकपाको खोल ओढेर बसेकाहरु आफ्नो स्वार्थ पूरा नभएका कारण यो प्रपोगण्डा मच्चाउन उद्धत भएका हुन् भन्ने लाग्छ । यो विषयमा मैले बुझिरहेको छु र पार्टीमा पनि सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको छु । यसका पछाडि को–को छन् र किन लागे भन्ने तथ्य विस्तारै सार्वजनिक हुन्छ ।
तपाईं निर्वाचित बनेर नगर प्रमुखको जिम्मेवारी लिएको दुई वर्षमा भएका महत्वपूर्ण कामहरु के–के हुन् ?
दुई वर्षको बीचमा धेरै काम भएका छन् भने कतिपय काम कार्यान्वयनको चरणमा छन् । आर्थिक वर्ष ०७५÷०७६ को असार मसान्तसम्ममा नगरको अघिल्लो वर्षको नीति तथा कार्यक्रममा परेका ९० प्रतिशत काम सम्पन्न हुँदैछन् । त्यसमा ५÷१० प्रतिशत काम बाँकी छन् । पूरा नभएका योजना क्रमागत रुपमा जान्छ । तोकेकै समयमा शतप्रतिशत योजना कही पनि सम्पन्न हुँदैनन् ।
स्थानीय तहमा लामो रिक्ततापछि जनप्रतिनिधी बनेर हामी नगरमा आएका हौँ । त्यसयता धेरै नीतिगत कामहरु भए । कर्मचारी व्यवस्थापन, कार्यालय सञ्चालन लगायतका कामहरुमा धेरै समय बित्यो । तथापि, यो बीचमा नगरपालिकाले के गरिरहेको छ भन्ने नगरपालिकासँग तथ्याङ्क छ ।
बजेटका योजना छन्, पुस्तक छ । हामी निर्वाचित भएर आउँदा विषादीका कारण क्यान्सर र किड्नी बिग्रिएका नागरिक दैनिक नगरपालिकाको कार्यालयमा आउनुहुन्थ्यो । हामीले सबैभन्दा पहिला बिर्तामोडलाई विषादीमुक्त बनाउनु पर्छ भनेर नगरपरिषदबाट निर्णय गरेर काम शुरु ग¥यौँ । अहिले बिषादीको प्रयोग घटेसँगै बिरामीको चाप पनि घटेको छ ।
अकोर् महत्वपूर्ण काम बिर्तामोड–भद्रपुर सडकको हो । हामीले नगरपालिकाको नेतृत्व लिएपछि पाटनको उच्च अदालतको दराजभित्र रहेको सो सडकको फायल ल्याएर सोझै प्रधानमन्त्रीलाई समस्या राख्यौँ र ३६ करोड रुपैयाँको लागतमा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको छ । त्यसपछि सुधारका संकेत देखिएका छन् । अहिले सबै गरेका काम देखिएको छैन होला । तर, अब गरेका काम आगामी वर्षबाट आम नगरबासीले प्रत्यक्ष रुपमा देख्नुहुनेछ ।
बिर्तामोड–भद्रपुर सडक निर्माण कार्यमा नगरपालिकाले तदारुकता नदेखाउँदा ढिला भएको भनिन्छ नि ?
नगरपालिकाका कारण सडक निर्माणमा ढिलाई भयो भन्नु आरोप मात्र हो । सडक निर्माणका क्रममा नगरबासीलाई समस्या भएको कुरा हामीले बुझेका छौँ । तर, सदरमुकाम जोड्ने यो व्यस्त र महत्वपूर्ण सडकको बैकल्पिक अकोर् बाटो नभएका कारण पनि निर्माण कार्य प्रभावित भएको छ ।
नगरपालिकाले द्रुत गतिमा काम गर्न ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेको छ । नगरबासीको सहजताका लागि धुलो हुँदा पानी पटाएको छ । हिलो सोरेको छ । हामीले देखेका छौँ, सडक निर्माणस्थलमा कहिले धान रोपिन्छ । कहिले माछा पाखरी भनेर देखाइन्छ ।
संसारमा सबैभन्दा सजिलो केही छ भने त्यो दोष दिनु हो । यहाँ पनि भएको त्यही हो । हामीले दोषारोपण गर्नुभन्दा पनि सकारात्चमक सोचका साथ अगाडि बढ्नुपर्छ । बिर्तामोड–भद्रपुर सडकका कारण नगरबासी लगायत आमजनमानसमा केही सकस भएको हुन सक्छ ।
यद्यपि, त्यसको सहजताका लागि हाम्रो प्रयत्न जारी छ । यो वर्ष समस्या भए पनि त्यसपछि सहज हुन्छ भने विश्वासले नगरबासीले रचनात्मक सहयोग पु¥याउनु हुनेछ भन्ने आशा गर्दछौँ ।
आफूले नेतृत्व लिएको दुई वर्षको मूल्याङ्कन आफैँले गर्दा कस्तो पाउनु भएको छ ?
जब नगरबासीले मलाई विश्वास गरेर नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुखमा निर्वाचित गराएर जिम्मेवारी सुम्पिए । त्यसपछि मैले पार्टीभन्दा माथि उठेर जनताको पक्षमा काम गरिरहेको छु ।
म अहिले पनि नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य छु तर, मैले आम नगरबासीको काम पार्र्टीभन्दा माथि उठेर गदैर्छु । सायद त्यसमा मान्छेले फरक देखे होला ।
नगरको समृद्धिका लागि बिहानदेखि बेलुकासम्म काम गरेको छु । त्यत्तिकै मात्रामा प्रदेश र केन्द्रसँग समन्वय र सहयोगका लागि प्रयास गरेको छु । यस क्षेत्रका सांसद, राजनीतिक दल सबैसँग समन्वय गरेको छु ।
साझा सहमतिका साथ नगरलाई समृद्धिमा कसरी लैजान सकिन्छ भनेर विचार विमर्श चलाइरहेको छु । मलाई लाग्छ कतिपय विचार नगरपालिकाले नगरबासीसम्म पु¥याउन सकेको छैन ।
मैले भने गरेको छु बिर्तामोड माछा हो, कुखुरा बन्न सकेन । कुखुराले ठूलो हल्ला गर्छ एउटा अण्डा पार्छ तर माछाले एकैपटकमा सयौँ अण्डा पार्छ तर त्यो कसैले थाहा पाउँदैनन् । त्यस्तै छ बिर्तामोड नगरपालिको अवस्था । हामी प्रचार भन्दा पनि काममा लागि परेका छौँ ।
बिर्तामोड नेपालकै महत्वपूर्ण नगरपालिकाको रुपमा पर्छ । बढ्दो शहरीकरणले सम्भावना र समस्या सँगसँगै आएका छन् । नगरमा उप–प्रमुख कार्यपालिका सदस्य र वडा अध्यक्ष सम्पूर्ण जनप्रतिनिधि सबैको समन्वय र छलफल सल्लाह र सुझावका आधारमा दुई वर्ष बिताएका छौँ ।
तपाईं तत्कालीन नगरोन्मुख अनारमनी गाविसको अध्यक्ष बिर्तामोड नगरपालिकाको पहिलो नगरप्रमुख बन्नु भएको छ फरक के पाउनुभयो ?
साविक नगरोन्मुख गाविस रहँदा पनि कार्यकारी जिम्मेवारीमा थिएँ । त्यो बेला पनि पार्टीले विश्वास गरेको थियो । त्यही बेलादेखि बिर्तामोडलाई नगरपालिका बनाउने पहल भएको हो । नगरोन्मुख गाविसबाट नगरपालिका बनाउन त्यस बेला पनि हामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थियौँ । त्यो बेला बिर्तामोड क्षेत्र २ र ४ नम्बरमा परेका कारण क्षेत्र नमिलेकाले नगरपालिका घोषणा हुन सकेन । क्षेत्र मिलेपछि नगरपालिका घोषणा भयो । नगरबासीले नगरको विकासका लागि मलाई जिम्मेवारी दिनुभयो ।
गाविस भएका बेला राज्यले वार्षिक बजेट जम्मा ५ लाख रुपैयाँ दिन्थ्यो । त्यही बजेटले काम गर्नु पर्दथ्यो । अहिले बजेट बढेको छ । हिजोको तुलनामा क्षेत्रपनि बढेको छ । बिर्तामोडमा दिनानुदिन शहरीकरण बढ्दो छ । स्वभावैले कार्यक्षेत्र र जिम्मेवारी थपिएको छ । तर, काम गनेर् विषय खासै फरक छैन ।
गाविस अध्यक्ष भएको बेला पनि मैले तलबभत्ता लिइनँ । तलबभत्ता त्यो बेलापनि गाविस कार्यालय व्यवस्थापनमा खर्च गरेँ । अहिले पनि तलब भत्ता लिएको छुइन । आफूले पाउने तलब र भत्ताले नगरपालिकामा चिया खुवाउने गरेको छु । कर्मचारी र अतिथिका लागि बाहिरबाट चिया ल्याउन बन्द गरेको छु ।
तलबबाट बचेको रकम बिर्तामोड–२ मा रहेको विवेकाश्रम (संस्कृत विद्यालय)लाई दिने गरेको छु । यो कार्यकालभरि त्यही गर्छु । नगरपालिका घोषणापछि यहाँ समस्याका चाङ भन्ने मलाई थाहा थियो । नयाँ काननु, नयाँ संरचना यी सबै कार्यान्वयन र संस्थागत गर्न कठिनाई थियो ।
कानुन बनाउनै लामो समय लाग्यो । जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीका समस्या र जनताका अपेक्षा धेरै थिए । ती सबैलाई सहजरुपमा व्यवस्थापन गदैर् अहिले संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने वातावरण बनाएका छौँ ।
नगरपालिकाले प्राथमिकतामा राखेका काम के–के हुन ?
हामीले बिर्तामोड नगरबासीको अभिभावकत्व ग्रहण गरेर सबै समस्यामा सहजीकरण गनेर् प्रतिबद्धता अनुसार आएको हुनाले हामीले प्राथमिकता तोकेका छौँ । विषादीरहित बिर्तामोड बनाउने हाम्रो प्रमुख कर्तव्य हो । नगरबासीको स्वास्थ्य नगरको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने हामीले बुझेका छौँ । शिक्षा र स्वास्थ्यमा नगरलाई अब्बल बनाउँदै अन्य बिषयलाई पनि महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य छ ।
पूर्वाधार विकास भनेको निरन्तर अघि बढ्ने प्रक्रिया हो । यस क्षेत्रमा सुरुका दुई वर्षमा अपेक्षा अनुरुप काम गर्न सकिएन । तर, अब एउटा सकारात्मक अभ्यासको शुरुवात भएको छ । समयले हामीलाई सिकाएको छ । समस्याको सामना गर्न सक्ने सामथ्र्य हामीमा पलाएको छ । साउन १ गतेबाट सामाजिक रुपान्तरणसँगै आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य रोजगार र चेतना जगाउने योजनालाई प्राथमिकतामा राख्नेछौँ । हामीसँग धेरै योजना छन् । कतिपय ठेक्का लागिसकेका छन् । यो तेस्रो वर्ष दीर्घकालीन योजनासँगै जनताले प्रयत्न प्रत्याभूत गराउने योजना कार्र्यान्वयन गराउने छौँ ।
लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता नै हुन् । जनतालाई सर्वोपरी ठानी सरकार सञ्चालन गरे मात्र लक्ष्यमा पुगिन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बिर्तामोड नगरपालिका सुशासनको अधिकतम् प्रत्याभूत हुने गरी काम गनेर् योजनका साथ अगाडि बढिरहेको छ । देश भ्रष्टाचारले ग्रस्त भएको छ । यसकै कारणले जनताले जनप्रतिनिधि र राष्ट्रसेवकलाई पूर्णविश्वास र भरोसा गरिरहेका छैनन् ।
भ्रष्टाचारले हाम्रो मूल्य, मान्यता र अस्तित्वलाई जोगाउन सक्दैन । समृद्धि हासिल गदैर् विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन । त्यसैले बिर्तामोड नगरपालिकालाई भ्रष्टाचार शुन्य सहनशील नगरपालिकाको रुपमा स्थापित गर्न योजनाबद्ध रुपले काम गरिरहेको छु ।
सञ्चार, सहकारी, शिक्षा, कृषि लयात सबै क्षेत्रसँग छलफल गरेर आगामी वर्षका लागि योजना बनाएका छौँ । हामीले अघि सारेका योजनालाई कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्ने प्रण गरेका छौँ । सघन सहरी आयोजना मार्फत नगरका वडा टोलमा बाटो निर्माण भएका छन् । कतिपय हुने क्रममा छन् । दुई वर्ष अगाडिको अवस्थालाई हेर्दा विकास निर्माणको क्षेत्रमा धेरै काम भएका छन् । १९ वटा कार्यविधि र निदेर्शिका तयार गरी कार्यान्वयन भइरहेको छ ।
यो अवधिमा नगरपालिकाको न्यायिक समितिमा १४३ वटा मुद्दा दर्ता भएकामा ७२ वटा मिलापत्र, ४ वटा फैसला, ४० वटा आंशिक मिलापत्र गरी न्याय निरुपण गरिएको छ भने २५ वटा मुद्दा जिल्ला अदालत पठाइएको छ । नेपालको अर्थतन्त्रको तीन खम्बामध्ये सहकारी क्षेत्रको प्रबद्र्धन र विकासमा नगरपालिकाले विशेष ध्यान दिएको छ । यस क्षेत्रमा भित्र रहेका सहकारीसँग समन्वय र सहकार्य गरी समृद्धि र विकासको बाटोमा अघि बढिनेछ ।
धेरै काम गरेको विवरण सुनाउनु भयो तर बिर्तामोड नगरपालिकाले केहि काम गर्न सकेन भन्ने आरोप छ नि ?
हामीले धेरै काम गरेका छौँ । तर, हामीले भन्न सकेका छैनौँ । त्यो हाम्रो कमजोरी पनि हुन सक्छ । हामी प्रचारमा भन्दा काममा व्यस्त भयौँ । आरोप लगाउनेलाई बन्देज लगाउन सकिँदैन मैले अघि पनि भने संसारमा सबैभन्दा सजिलो केही छ भने त्यो दोष अथवा आरोप लगाउनु नै हो ।
आरोपको खेति गनेर् मानिसको संख्या हाम्रो समाजमा धेरै छन् । कसले के भन्यो भन्ने बिषयमा म खासै समय खर्चिन्नँ । मलाईै त्यो फुर्सद पनि छैन । मलाई नगरबासीले ५ बर्षका लागि काम गनेर् म्याण्डेड दिएर पठाएका हुन् । फेसबुकमा लेखेर र केही मानिसले चलाएको सिण्डिकेटले केही फरक पादेैर्न । मैले नगरबासीको भावना विपरीत काम गरेर उनीहरुले मन दुखाए भने मात्र मलाई पीडा हुन्छ । मलाई आरोप लगाउनु कुनै ठूलो कुरा भएन । तर, म नगरप्रमुखको जिम्मेवारीमा रहेको सममयमा गरेका कामको लिखित दस्तावेज बनाएर जान्छु । जो इतिहासको विभिन्न कालखण्डमा साक्षी बनेर रहनेछ ।
तपाईंलाई नगरपालिकामा काम गर्न असजिलो छ कि छैन ?
नगरपालिकामा काम गर्न असहज छैन । हामीले जनप्रतिनिधि भएपछि पार्टी राजनीतिभन्दा माथि उठेर काम गर्न सकेनौँ भने नगरबासीले जनप्रतिनिधि भएको प्रत्याभूति गर्न पाउने छैनन् भन्ने कुरामा हामी सचेत छौँ । विकास निर्माणमा प्राथमिकताका आधारमा काम गर्नुपर्छ, पक्षपाति ढंगबाट होइन । आवश्यकता अनुसार काम गरोँ, दीर्घकालीन विकासमा लागौँ भन्ने मान्यता अनुसार प्रदेश र केन्द्रका सांसद र सरकारसँग समन्वय गरेर काम गरेको छु ।
तीनै तहको समन्वय र साझेदारीमा काम गनेर् परिपार्टीको थालनी भएको छ । त्यस अनुरुप काम गरेका छौँ । योजना छनोट गर्दा प्राथमिकताका आधारमा छनोट गरेर काम गर्दा सफलता मिल्छ भन्ने हाम्रो बुझाइ छ । हामी सबैको उद्देश्य एउटै हो । त्यसैले अहिलेसम्म बिर्तामोड नगरपालिकामा काम गर्न असजिलो र अप्ठ्यारो महसुस भएको छैन ।