झापा, १६ असार । झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
अर्जुनधारा– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट फर्निचरमा रहेको काठ चिर्ने मेसिन र काठपातहरु पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको धनमाल क्षति भएको छ ।
बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।