बिर्तामोड, ६ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे ४० जना ज्येष्ठ नागरिकलाइ सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छासहित नगद र फलफुल प्रदान गरिएको थियो ।
३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरीएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का कार्यवहाक वडाअध्यक्ष योगचन्द्र आङ्बोहाङ्गले जेष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरीएको बताए । उनले वडा कार्यालयले चाँडै मिति तोकेर सबै जेष्ठ नागरिकहरुलाई भ्रमणमा लैजाने बताएका छन् ।
सामाजिक विकास शाखाकी संयोजक, नगर कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासचिव टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।






