Logo

बिर्तामोड-१ मा एमालेको प्यानलै निर्वाचित



बिर्तामोड, २ जेष्ठ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा(एमाले)को प्यानल निर्वाचित भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित भएका हुन् ।

उनले काँग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बलराम कार्कीलाई २४६ मतान्तरले पराजित गरेका छन् । पाण्डेले १४६९ मत ल्याउँदा कार्कीले १२२३ मत ल्याएका हुन् ।

त्यस्तै वडा सदस्यहरूमा एमालेका योगचन्द्र आङवुहाङ्ग, टेकबहादुर अधिकारी, यमुनादेवी आचार्य र कमला महरा दर्जी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्