झापा, ४ जेष्ठ । बिर्तामोड-३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका तर्फबाट युवा नेता बुढाथोकी अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका छन् । बुढाथोकीले कांग्रेसका उमेद्वार प्रेम उप्रेती भन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका हुन् । बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा उप्रेतीले भने ११४१ मतमा चित्त बुझाउनु परेको छ ।
त्यस्तै वडा सदस्यमा भागीमान लिम्बू, हरिप्रसाद बाँस्कोटा, धनसरी राजवंशी र लक्ष्मी रोक्का विजयी भएका छन् ।