बिर्तामोड, २८ फागुन । नगर खेलकुद विकास समिति बिर्तामोडले आइतबार दुई वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको हो ।
वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरीएको छ ।
समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिन कुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहेका छन् ।
यस्तै वडा नम्बर ९ मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन गरीएको छ ।
समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई, सचिवमा विवस बस्नेत र सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेका छन् ।
वडा नम्बर ८ मा वडाध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरीएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
यस अघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमश समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।