झापा, १४ असार । बिर्तामोडस्थित पूर्णटुङग बिर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।
अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।
गौरादह-३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।