Logo

बिहानैदेखि रानीपोखरीमा भाइटीका लगाउन सुरु



काठमाडौँ, २९ कात्तिक । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि खुला गरिएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्