Logo

बिहारका मुख्यमन्त्री नितिश कुमारले लिए शपथ



भारत, २५ साउन । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिश कुमारले पटना राजभवनमा आज शपथ लिएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुन: मुख्यमन्त्रीमा पदासिन भएका छन् ।

सातदलीय महागठबन्धनको मंगलबारको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्