Logo

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो



भारत, २ पुस । विषाक्त मदिरा सेवनबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्