Logo

बिहीवार पनि शेयर बजार राताम्मे



काठमाडौँ, २६ साउन । लगातार चौथो दिन बिहीवार पनि शेयर बजार घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीको ६२ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्