Logo

बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु



पर्सा, ६ पुस । पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको हो ।

त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै-झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले ज्यान गएको घोषणा गरेको हो ।

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दीसमेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्