Logo

बिहे गर्छु भन्दै ४२ लाखभन्दा बढी रकम ठग्ने श्रेष्ठ पक्राउ



काठमाडौँ, २१ चैत । एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक जना काठमाडौँबाट पक्राउ परेका छन् ।

विभिन्न प्रलोभनमा पारेर एक महिलालाई ४२ लाख ३४ हजार रुपैयाँ ठगी गर्ने रामेछापको साँघुटार नगरपालिका घर भइ काठमाडौँ बस्ने ५२ वर्षका लोकबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

श्रेष्ठले महिलालाई बिहे गर्छु भनेर विश्वासमा लिइसकेपछि बिरामी परेकाले उपचार खर्च, झारफुक खर्च लगायतका बहानामा महिलासँग पैसा असुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्