Logo

बिहे भोज खाएर फर्कने क्रममा भिरबाट लडेर लामाको मृत्यु



मकवानपुर, २८ माघ । बिहेमा भोज खाएर घर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ लामाको भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय छिमेकीको घरमा बिहेमा गइ घरतर्फ फर्केन क्रममा भिरबाट लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्