अस्ट्रेलिया, २७ पुस । अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् ।
बीबीएलमा सिड्नी सिक्सर्ससँगको खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।
हन्टर भ्यालीमा भाइको विवाहमा पुगेका वार्नर खेल सुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् । बीबीएलको आधिकारिक पेजले यो भिडियो ‘शेयर’ गरेको छ ।
वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय र टी-२० लिग भने खेल्नेछन् ।