Logo

बुटवलमा बम बिस्फोट



बुटवल, २९ वैशाख । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ ।

मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्