Logo

बुटवलमा महिला र पुरुष मृत भेटिए



सांकेतिक तस्बिर

बुटवल, ३१ साउन । बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारी चोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर-५ घर भएका ३६ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा र दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेका हुन् ।

महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्