बिर्तामोड, १० भदौ । हरितालिका तिजको अवसर पारेर बुद्धनगर टोलका अग्रज दाजुभाइको आयोजनामा तिजमिलन कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.३ स्थित बुद्धनगर टोलले चेलिबेटीहरुलाई दर खुवाएर शुक्रबार कार्यक्रम सम्पन्न गरेको हो ।
बुद्धनगर टोल विकास संस्थाका अध्यक्ष सलबहादुर गुरुंगको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकि रहेका थिए ।
उक्त कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा लोप हुदै गइसकेको संगिनि पनि खेलेर देखाइएको थियो ।
संस्थाका उपाध्यक्ष सोभा आचार्यले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमाल मैनालीले गरेका थिए ।






