Logo

बुद्धशान्तिका २८ परिवारले पाए धनीपुर्जा



झापा, ३१ असार । बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी, भूमिहिन र सुकुम्बासीले धनीपुर्जा पाएका छन् ।

बुद्धशान्ति गाउँपालिकाका वडा नं.२ का २८ जनाले आज आफुले भोग्दै आएको जमिनको धनीपुर्जा पाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुद्धशान्तिका २८ परिवारलाई जग्गा धनीपूर्जा प्रमाण पत्र वितरण गरिएको हो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि निरौला, संविधानसभा सदस्य दिपक कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्वव थापा, भूमि आयोग झापा जिल्ला अध्यक्ष तीलकसिह पाण्डे, नेकपा एमाले १ नं. प्रदेश समिति सचिव चिन्तन पाठक, नेपाली कांग्रेस झापाका उपसभापति केशव राज पाण्डे, नेकपा माओवादी केन्द्रका प्रतिनिधि बोधराज दाहाल लगायतले आ-आफना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्