झापा, ६ जेष्ठ । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् ।
प्रसाईंले ३१०१ मतान्तरले नेकपा एमालेका मिरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । प्रसाईंले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपाध्यक्षमा खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत ल्याएका छन् ।