Logo

बुद्धशान्तिबाट तीन जना सडक बालकको उद्धार



झापा, १७ पुस । झापाको बुद्धशान्तिबाट तीन जना सडक बालकको उद्धार गरिएको छ।

उद्धार गरिएका बालकहरू १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ स्थित बुधबारे बजारमा ती बालकहरू बेवारिसे अवस्थामा फेला परेका थिए ।

आफन्तविहीन ती बालकहरूलाई इलाका प्रहरी कार्यालय बुधबारे, स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकारको सहयोगमा उद्धार गरी बालबालिका खोज तलास समन्वय केन्द्र विराटनगरबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) नारायण कटुवालको जिम्मा लगाइएको छ ।

तीनै जना बालकलाई सुनसरीको इटहरीस्थित अस्थायी संरक्षण केन्द्रमा लगेर राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्