Logo

बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक जना घाइते



झापा, १९ पुस । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका-८ निवासी २१ वर्षीय योसन लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ स्थित झिलमिले पुल नजिकै मंगलबार दिउँसो करिब १:३० बजे प्र १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर र को २० प ३२७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक लिम्बु र सोही मोटरसाइकल पछाडि सवार बेलबारी नगरपालिका-४ निवासी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए ।

घाइते मध्ये लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ । श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता प्रहरीले दुवै सवारीसाधनसहित ट्याक्टर चालक इलाम जिल्ला रोङ गाउँपालिका-४ निवासी ३३ वर्षीय डिल्लीबहादुर लेप्चालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्