फाइल तस्बिर
झापा, ५ मङ्सिर । झापा र इलामको सङ्गमस्थल बुद्धशान्ति गाउँपालिका-६ ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिको आयोजनामा आजदेखि ठुटेबर मेला सुरु भएको छ ।
उक्त मेलाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा महामन्त्री शर्माले रु छ करोडको लागतमा बुद्धशान्ति गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताए । उनले धुलाबारीदेखि ठुटेबरसम्मको सडक कालोपत्र गर्न सरकारले रु.चार करोड विनियोजन गरीसकेको बताएका हुन् ।
मेला मङ्सिर ११ गतेसम्म जारी रहनेछ । हरेक वर्ष वैशाख पूर्णिमा र कात्तिक पूर्णिमा आयोजना हुँदै आएको मेला भर्न मोरङ, सुनसरी र भारतको दार्जिलिङबाट सर्वसाधारण आउने गरेका छन् ।






