Logo

बुद्धशान्तिमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, दुई जना घाइते



झापा, २८ असार । बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति-७ का अटो चालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका छन् ।

बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा अटो चालक खड्कासँगै मेचीनगर-७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर-४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् । घाइते भएका उनीहरूमध्ये अटो चालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्