झापा, १७ असार । झापाको बुद्धशान्तिमा मृत हात्ती भेटिएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नंं.५ आयाबारीका स्थानीय मिना कार्कीको घर पछाडिको खेतमा मृत अवस्थामा हात्ती भेटिएको हो ।
हात्ती मर्नुको कारण बिज्ञ आएर अध्ययन गरी थाहा हुने जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए ।
हाल मृत हात्तिलाई स्थानिय, जिल्ला वनका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन ।