Logo

बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो



झापा, ७ चैत । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आज दिउँसो ३:२० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-१ नमुना चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र.३-०२-००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिँजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भई बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३:४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा पछाडि सवार इलामको रोङ गाउँपालिका-१ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थाका राईको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्