बुद्धशान्ति, २३ कात्तिक । आफ्नै भिनाजु ४५ बर्षीय धनबहादुर कटुवालको हत्या आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-५ का एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रोशन अधिकारी रहेका छन् । उनले बुधबार राति घरायसी विवादमा भिनाजु धनबहादुरलाई धारिलो खुकुरी र बाँसको भाटा प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार घरायसी विवादमा हतियार र भाटा प्रयोग गरी अधिकारीले कटुवालाई घाइते बनाएका थिए ।
घाइते कटुवाललाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।






