बुद्धशान्ति, ५ पुस । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।
साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सहसचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका हुन् ।
प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वाग्ले, बुद्धशान्तिका अग्रज पत्रकार उमाकान्त खनाल, टंक काफ्ले ‘विकल्प’ र गंगाराम गड्तौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहसचिव तीर्थ तिम्सिनाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।






