Logo

बुद्धशान्ति-२ को वडाध्यक्षमा ओली विजयी



झापा, ३ जेष्ठ । बुद्धशान्ति गाउँपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका डिल्लीप्रसाद ओली विजयी भएका छन् ।

ओली उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नेत्रप्रसाद गौतमलाई हराउँदै विजयी बनेका हुन् । ओलीले २१८९ मत प्राप्त गर्दा गौतमले १७१७ मत ल्याएका छन् ।

यसैगरी महिला सदस्यतर्फ एमालेका सन्जु पौडेल १६२२, दलित महिला सदस्यमा एमालेकै बिमला विश्वकर्मा १६१०, खुल्ला सदस्यमा एमालेकै अमिरकुमार श्रेष्ठ १४६० र अर्का खुल्ला सदस्यमा भने राप्रपाका विक्रम बोहोरा १६३३ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्