Logo

बुधबारे जेसीजको पद-हस्तान्तरण: लामिछानेसहित तीन जना सम्मानित



बृद्धशान्ति, ३० पुस । बुधबारे जेसीजको दशौँ पद-हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईले नव-निर्वाचित अध्यक्ष जेसी अर्जुन ढकाललाई जेसीज चेन लगाएर पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका थिए । निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले ५० हजार राशीको आफ्ना हजुरबुबा लक्ष्मीकान्त भट्टराईको नाममा पुरस्कार कोषको घोषणा गरेका छन् ।

जेसीज अभियानमा जोडिएका जेसीज अफ द इयर, आइटी अफिसर अफ द इयर र अफिसर अफ द इयर गरी तीन बिधाका उत्कृष्ट युवालाई पुरस्कार प्रदान गरिने बताए । उक्त पुरस्कारबाट यो बर्ष क्रमश: बिष्णु लामिछाने, टेकनाथ ढकाल र रुद्र निरौला सम्मानित भएका छन् ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर बिशिष्ट अतिथि रहेका थिए ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष प्रसाईंले जेसिजले प्रजातान्त्रिक अभ्यासलाई अंगिकार गरेको भन्दै सबै क्षेत्रले सिक्न आवश्यक रहेको बताए । उनंले बुधबारे जेसीज पालिका भित्रका संघसस्थामा उत्कृष्ट देखिएपनि कतिपय कुरामा सुधार गर्नपर्ने सुझाव दिएका थिए ।

सो कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, राष्ट्र महासचिव अमिश ढकाल, कार्यकारीणी उपाध्यक्ष कुमार सिह साँवा, उपाध्यक्षहरु भिमबहादुर कुँवर, बिरबहादुर बेघा, स्वस्तिका आचार्य, तेजप्रसाद उप्रेती, गुरुदेव पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल जेसीज एरिया ’क’ का ३० भन्दा बढी शाखा अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्