Logo

बुधबार सामान्य बढेको शेयर बजार आज फेरि घट्यो



काठमाडौँ, २३ चैत । बुधबार सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको हो ।

बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता शेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्