काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई बुधवारसम्ममा काठमाडौँ आइपुग्न निर्देशन दिएको छ ।
राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।
सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिए ।