रौतहट, २० माघ । आफ्नै ५५ वर्षीय बुबा निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रपुर नगरपालिका(६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।






