बुर्किना फासो, १६ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् ।
उनले सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उनले बुर्किना फासोको सैनिकलाई आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसैवर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।
महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचनाहरु भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन सेनालाई आग्रह गरेका छन् ।