साउदी अरेबिया , २४ जेठ । बालोन डी’ओर विजेता करिम बेन्जेमा पछिल्लोपटक साउदी अरेबिया क्लबसँग अनुबन्ध हुने सबैभन्दा नयाँ ठूला नामका खेलाडी बनेका छन् ।
रियाल मड्रिडका स्ट्राइकर बेन्जेमा मंगलबार स्वतन्त्र एजेन्टको रूपमा साउदी क्लब अल इत्तिहादसँग अनुबन्ध भएका हुन् ।
फ्रान्सका बेन्जेमाले यसै साता रियालसँगको १४ वर्षे यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसपछि बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् । उनले अल इत्तिहादमा पनि नौ नम्बरकै जर्सी लगाउने भएका छन् ।