
मुस्ताङ, १६ जेष्ठ । आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ ।
आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ ।
हिजो राति ७ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार आइतबार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो ।
नेपाली सेनाले बेपत्ता जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको नेपाली सेनाले जनाएको छ । खोजीका लागि सेनाको टोली आज विहानै त्यसतर्फ गएको छ ।
सम्पर्कविहीन भएको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ ।







