बेलायत, २५ भदौ । राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको छ ।
सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा भएका हुन् ।