Logo

बेलायतमा रेल सेवा प्रभावित



बेलायत, १५ असोज । बेलायतको रेल सेवा प्रभावित भएको छ ।

पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।

रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।

रेल सेवाका कर्मचारीहरूको चार ओटा सङ्गठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए ।

कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलव सहितका सेवा सुविधा बृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटक पटक माग गर्दै आएको, तर व्यवस्थापनले वेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अहिलेको आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्