Logo

बेलायतले युक्रेनमा दूतावास पुन: सञ्चालन गर्ने



नयाँ दिल्ली, ९ वैशाख । बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।

युक्रेनको राजधानी किभमा दूतावास पुनः सञ्चालन गर्न गृहकार्य भइरहेको प्रधानमन्त्री बोरिस जोनसनले जानकारी दिएका छन् ।

हाल भारत भ्रमणमा रहेकाका प्रधानमन्त्री जोनसनले भने, “हामी अति चाडै नै सम्भवत: अर्को हप्ता नै किभमा बेलायतको दुतावास पुनः सञ्चालन गर्ने तयारीमा छौँ ।”

किभमा दूतावास खोल्नका लागि बेलायतबाट कुटनीतिज्ञहरू त्यस तर्फ गइसकेको पनि उनले जानकारी दिए ।

यसअघि गम्भीर सुरक्षा चुनौती रहेकाले आफूहरू किभमा बस्न नसक्ने भन्दै बेलायती कुटनीतिज्ञहरूले दूतावास नै बन्द गरेर स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्