Logo

बेलायती प्रधानमन्त्री जोनसनलाई विश्वासको मत



बेलायत, २४ जेठ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ ।

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका थिए । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई सोमबार बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्