काठमाडौँ, २५ भदौ । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व.एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।







